close

नमोबुद्धको नगर झण्डा सार्वजनिक

नमोबुद्धको नगर झण्डा सार्वजनिक

Trulli
ADVERTISEMENT

काभ्रे - काभ्रेको नमोबुद्ध नगरपालिकाले नगर झन्डा सार्वजनिक गरेको छ । कार्यपालिका बैठकले नगरको पहिचानसहितको नगर झण्डा परित गरेसँगै सार्वजनिक गरिएको हो । 


नमोबुद्ध नगरपालिका प्रेम श्रेष्ठले तयार पारेको झण्डालाई नगर कार्यपालिकाको बैठकले पारित गरेको नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले बताए । श्रेष्ठले यसअघि पनि नगरपालिकाको डिजाइन गरेका थिए ।


झण्डामा रातो र नीलो रंगको पृष्ठभूमिमा नगरपालिकाको लोगो राखिएको छ । ‘यसले शान्तिभूमि नमोबुद्धको पहिचानलाई राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउनेछ,’ नगर प्रमुख शर्माले भने ।


कार्यपालिका बैठकले विद्यालय सञ्चालन तथा विद्यार्थी सहजीकरण कार्यविधि पनि पारित गरेको छ । कार्यविधि पारित भएसँगै अब विद्यालय सञ्चालन प्रक्रिया अगाडि बढेको र असोज चौथो साताबाट नगरभित्रका विद्यालयमा पठनपाठन सुरु हुने नगरपालिका शिक्षा शाखा प्रमुख जनार्दन रिजालले बताए ।

 

बैठकले नगरपालिकामा सूचना प्रविधि समिति गठन गरेको छ भने नगर प्रहरी सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि स्वीकृत गर्नुका साथै नगर युवा परिषद् कार्यविधि, ०७६ लाई संशोधन गरेको रिजालले जानकारी दिए  ।