close

सेवाग्राहीको भीडले सप्तरीमा बढ्यो कोरोना जोखिम

सेवाग्राहीको भीडले सप्तरीमा बढ्यो कोरोना जोखिम

Trulli
ADVERTISEMENT

सप्तरी - जिल्ला प्रशासन कार्यालय सप्तरीमा सेवाग्राहीको चाप बढेसँगै कोरोनाको जोखिम पनि बढेको छ । सेवाग्राहीको चापलाई व्यवस्थित गर्न नसक्दा कोरोना भाइरस संक्रमणको जोखिम बढेको हो ।

 

कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनका लागि जिल्ला प्रशासन कार्यालयबाट थप सतर्कतासहितको विशेष समयमा तालिकामार्फत सेवा दिन थालिए पनि सेवाग्राहीको चाप बढेको छ ।

 

एक दिनमा बढीमा तीनवटा स्थानीय तहको कार्य सम्पादन सुरु गरिए पनि कार्यालयमा अत्यधिक भीड बढेको हो । दैनिक एक हजारसम्म सेवाग्राही यहाँ सेवा लिन आउने गरेका छन् ।

 

कार्यालयले कोभिड– १९ का कारण एक जना कर्मचारीको मृत्यु भइसकेको र एक प्रशासकीय अधिकृतसहित केही कर्मचारीहरू संक्रमित भइसकेकाले सेवा प्रवाहलाई व्यवस्थित गर्न समस्या भइरहेको जनाएको छ ।

 

कार्यालयले ११ असोजदेखि थप सतर्कतासहितको विशेष समय तालिकामार्फत नयाँ र प्रतिलिपि नागरिकतासम्बन्धी सेवा प्रदान गर्दै आएको छ । तालिकाअनुसार आइतबार र सोमबार तीन-तीनवटा, मंगलबार, बुधबार र बिहीबार दुई-दुई तथा शुक्रबार एकवटा स्थानीय तहको कार्य सम्पादन हुँदै आएको छ ।