close

काेराेनाले राजगढ गाउँपालिकाको सेवा प्रभावित

काेराेनाले राजगढ गाउँपालिकाको सेवा प्रभावित

Trulli
ADVERTISEMENT

सप्तरी - सप्तरीको राजगढ गाउँपालिका अध्यक्ष र कृषि शाखाका संयोजकलाई कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाको सेवा प्रभावित भएको छ ।


राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुवै जनामा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाले नागरिकलाई प्रदान गर्ने सबै सेवा बन्द भएको हो ।


गाउँपालिकाका अध्यक्ष र कृषि शाखाका संयोजकलाई गत आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।


कोरोना संक्रमति गाउँपालिका अध्यक्ष परमानन्द यादवले अर्को सूचना जारी नहुन्जेल पालिकाबाट हुने सबै सेवा बन्द गरिएको बताए ।


स्वास्थ्य कार्यालय सप्तरीले गाउँपालिकाका अध्यक्षसहित उनका छोरा, २ नाति, चालक तथा कृषि शाखा संयोजकलाई आइतबार कोरोना संक्रमणको पुष्टि गरेको थियो ।