close

बर्दियाको मधुवन नगरपालिकामा ६ दिनका लागि सेवा बन्द

बर्दियाको मधुवन नगरपालिकामा ६ दिनका लागि सेवा बन्द

Trulli
ADVERTISEMENT

बर्दिया- बर्दियाको मधुवन नगरपालिकाले कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू छ दिनका लागि बन्द गरेको छ । नगरमा कोरोना संक्रमणको जोखिम उच्च देखिएको भन्दै संक्रमणा फैलिन नदिनका लागि पालिकाबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ । ३० असोजसम्म नगरपालिका बन्द रहनेछ ।
         

नगरपालिकाले नगरका सबै वडा कार्यालय र विषयगत कार्यालयसमेत ३० असोजसम्म बन्द रहने जनाएको छ । यस अवधिमा अत्यावश्यक सेवा भने प्रदान गरिने मधुवन नगरपालिकाका नगरप्रमुख गणेशबहादुर क्षेत्रीले बताए ।

 

मधुवन नगरपालिकामा शनिबार एकै दिन ५१ जनामा कोरोना संक्रमण देखिएको थियो ।  पछिल्लो पटक ठूलो संख्यामा संक्रमित थपिएपछि नगरमा उच्च सतर्कता अपनाइएको छ ।