close

लमजुङ प्रहरीलाई बेंसीशहर नगरपालिकाको सहयोग

लमजुङ प्रहरीलाई बेंसीशहर नगरपालिकाको सहयोग

Trulli
ADVERTISEMENT

लमजुङ- लमजुङको बेंसीशहर नगरपालिकाले जिल्ला प्रहरी कार्यालय लमजुङलाई पिउनेपानी शुिद्धकरण उपकरण र विद्युतीय ब्याकअप (इन्भर्टर) सहयोग गरेको छ । नगरपालिकाले नयाँ आर्थिक वर्ष २०७८/०७९ को कार्यक्रम अन्तर्गत प्रहरी कार्यालयलाई सहयोग गरेको हो । जिल्ला प्रहरी कार्यालय लमजुङमा एक कार्यक्रमकाबीच उक्त सामग्री हस्तान्तरण गरिएको छ । 

 

सामग्री हस्तान्तरणसँगै उक्त उपकरणको उद्घाटन पनि गरिएको छ । उपकरण हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा बोल्दै बेंसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले विद्युत नियमित नभएको समयमा पनि सहज रुपमा सेवा प्रवाह गर्न सजिलो होस् भनेर विद्युतीय ब्याकअप (इन्भर्टर) सहयोग गरेको बताए । 

 

जनताको सुरक्षामा खटिने प्रहरी कर्मचारीलाई शुद्ध पिउनेपानी पिउने प्रवन्ध मिलाउनका लागि शुद्धिकरण उपकरण सहयोग गरेको उनको भनाई छ  । स्वस्थ, चुस्त र दुरुस्त प्रहरीका लागि जिल्ला प्रहरी कार्यालयको समन्वयमा नगरपालिकाले सहयोग गरेको प्रमुख अर्यालले बताए । ३ लाख ५० हजार रुपैयाँ पर्ने पिउनेपानी शुद्धिकरण उपकरण र २ लाख ५० हजार रुपैयाँ बराबरको विद्युतीय ब्याकअप (इन्भर्टर) सहयोग गरेको नको भनाइ छ ।


नगरपालिकाको सहयोगले जिल्ला प्रहरी कार्यालयको दैनिक कार्य सम्पादनमा सहज हुने प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताए । शुद्धिकरण उपकरण नहुँदा धारामा आउने पानी सिधै प्रयोग गर्नुपर्ने अवस्थाको अन्त्य भएको उनले बताए । प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले प्रहरीका लागि अति आवश्यक उपकरण सहयोग गरेकोमा नगरपालिकालाई धन्यवाद दिए ।