close

जिल्ला प्रशासनबाटै फोटोसहितको मतदाता नामावली संकलन 

जिल्ला प्रशासनबाटै फोटोसहितको मतदाता नामावली संकलन 

Trulli
ADVERTISEMENT

अछाम- अछाममा जिल्ला प्रशासन कार्यालयबाटै फोटोसहितको मतदाता नामावली संकलन तथा दर्ता कार्यक्रम सञ्चालन गरिने भएको छ । १ भदौदेखि लागु हुने गरी जिल्ला प्रशासन कार्यालयबाट फोटोसहितको मतदाता नामावली संकलन तथा दर्ता सुरु गरिएको हो । 


यसअघि जिल्ला निर्वाचन कार्यालय अछामबाट मात्रै मतदाता नामावली संकलन र दर्ता भइरहेकामा सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासनबाटै यस्तो काम सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रञ्जनप्रसाद तिमिल्सेनाले बताए । 


उनका अनुसार नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउन आउने नागरिकले अब सोही दिन फोटोसहितको मतदाता नामावली दर्ता गर्न सक्नेछन् ।


फरक–फरक ठाउँमा हुँदा सेवाग्राहीलाई असहज र छुट्ने भएकाले नागरिकता वितरण, राष्ट्रिय परिचयपत्र र मतदाता नामावलीको काम एकैसाथ एकै स्थानबाट सुरु गरिएको उनले बताए ।