close

एफआरए इन्डेक्समा बलेफीको ८१.५ प्रतिशत

एफआरए इन्डेक्समा बलेफीको ८१.५ प्रतिशत

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक- बलेफी गाउँपालिकाले वित्तीय सुशासनमा कम जोखिममा पर्ने गरी कार्यसम्पादन गरेको आर्थिक वर्ष २०७९/०८०को तथ्यांकले देखाएको छ ।

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) को आर्थिक वर्ष ०७९/०८० अनुसार  बलेफी गाउँपालिका ८१.५ प्रतिशत अंक प्राप्त गरेको हो । यो नतिजा अनुसार वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा गाउँपालिकाले राम्रो कार्यसम्पादन गरेको हो । 

विषय क्षेत्रगत मूल्याङ्कनअनुसार योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा ८३.३३ प्रतिशत, कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा  ७७.५९ प्रतिशत, लेखाङ्कन तथा प्रतिवेदनमा ८२.३५ प्रतिशत, अनुगमन, मुल्यांकन तथा लेखापरीक्षणमा ८४.३८ प्रतिशत र राजस्व व्यवस्थापनमा ८२.३५ प्रतिशत अंक प्राप्त गरेको गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङले बताए ।