close

हिंसाबाट बच्न विद्यार्थीलाई सचेत गराउँदै गौरीगंगा

हिंसाबाट बच्न विद्यार्थीलाई सचेत गराउँदै गौरीगंगा

Trulli
ADVERTISEMENT

कैलाली- कैलालीको गौरीगंगा नगरपालिकाले समाजमा हुने विभिन्न किसिमका हिंसाको जोखिममा बढीजसो बालबालिका नै पर्ने हुँदा सम्भावित घटनाबाट जोगिने उपायबारे सचेतना कार्यक्रम चलाएको छ । 


लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत दोस्रो दिन बिहीबार पालिकाले विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकासँग छलफल आयोजना गरेको हो ।

 

अभियानका संयोजक तथा गौरीगंगा नगर उपप्रमुख अन्चला चौधरीले समाजमा हुने विभिन्न किसिमका हिंसाबाट बालबालिका त्यसमा पनि बढीजसो किशोरीहरू जोखिममा रहेकाले आफूलाई कसरी सुरक्षित बनाउन सकिन्छ भनेर सचेतनामूलक कार्यक्रम संंचालन गरिएको जानकारी दिइन् ।

 

‘बालबालिकाले आफू जोखिममा परेको थाहा पाउने र त्यसपछि कसरी सुरक्षित हुन सकिने भन्नेबारे जानकारी दिन अभियान थालेका हौंँ’, चौधरीले भनिन् ।

 

अभियानअन्तर्गत नगरपालिकाले किशोरी तथा बालबालिकालाई आत्मरक्षा तालिम दिने योजना रहेको उनले बताइन् ।

 

आफ्नैबाट पनि विभिन्न किसिमका यातना,  विभेद र हिंसा भएको देखिएको छलफलमा सहभागी बालिका सम्झना चौधरीले बताइन् । उनले भनिन्, ‘हिंसा तथा विभेद गर्नेभन्दा सहनु ठूलो अपराध रहेछ । त्यसैले अब हिंसा सहनुहुन्न भन्ने शिक्षा कार्यक्रमबाट पाइयो ।’