close

सिलिचोङ पहिरोपीडितलाई सहयोग  

सिलिचोङ पहिरोपीडितलाई सहयोग  

Trulli
ADVERTISEMENT

संखुवासभा - जिल्लाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका पहिरोपीडितलाई चिचिला गाउँपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ ।


चिचिलाले सिलिचोङा–१ बेसिन्दाका पहिरोपीडितलाई १ लाख ४४ हजार २ सय ७५ रुपैयाँ हस्तान्तरण गरेको हो ।  सिलिचोङका अध्यक्ष रामबहादुर कुलुङलाई सहयोग रकम हस्तान्तरण गरिएको चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्व शेर्पाले बताए ।


गाउँपालिकाको विपद् ब्यवस्थापन कोषबाट १ लाख, कार्यपालिका सदस्यबाट संकलित २४ हजार २ सय र गाउँपालिकाका कर्मचारीबाट संकलित २० हजार ७५ रुपैयाँ हस्तान्तरण गरिएको अध्यक्ष शेर्पाले जानकारी दिए ।


सिलिचोङ गाउँपालिकाले कोरोना कहरपछि थप प्राकृतिक विपत्तिको सामना गरेपछि स्थानीयलाई सहयोग पुगोस् भन्ने उद्देश्यले रकम उपलब्ध गराइएको अध्यक्ष शेर्पाले बताए ।  पहिरो गएलगत्तै घटना स्थलमै पुगेर राहत वितरण गर्ने कार्यपालिकाको योजना भए पनि मौसम प्रतिकूलताका कारण आउन नसकेको समेत अध्यक्ष शेर्पाको भनाइ छ ।


चिचिला गाउँपालिकाले विगतदेखि नै सिलिङचोकलाई सहयोग गर्दै आएको अध्यक्ष कुलुङले जानकारी दिए । दाताबाट प्राप्त रकम पहिरो विस्थापितको व्यवस्थापनमा खर्चिने अध्यक्ष कुलुङ जानकारी दिए । अहिले विस्थापितको पुनस्र्थापनाका लागि जग्गा खोजी भइरहेको र जग्गा प्राप्तिपछि आवास निर्माण गर्ने योजना रहेको अध्यक्ष कुलुङको भनाइ छ ।


गत असार २८ राती गएको पहिरोले सिलिचोङ–१ का १ सय ४ घर विस्थापित भएका छन् भने  ९ घर बगाउँदा ११ जना बेपत्ता भएका थिए ।  पहिरोपीडित १ सय ४ घरपरिवारलाई  चित्रे, पौखमटार र बुधबारेमा टेन्ट टाँगेर राखिएको राखिएको छ ।