close

महिला उद्यमीलाई बुटवल महानगरको औजार, उपकरण सहयोग

महिला उद्यमीलाई बुटवल महानगरको औजार, उपकरण सहयोग

Trulli
ADVERTISEMENT

रूपन्देही- महिला आर्थिक सशक्तीकरण उद्यमशील विकास परियोजनाअन्तर्गत बुटवल उपमहानगरले यूएनडीपीको सहयोगमा औजार तथा उपकरण वितरण गरेको छ ।

 

बुटवल टेक्निकल कलेजको प्राविधिक सहयोगमा भएको उद्यमशील तालिममा सहभागी १ सय २९ मध्ये २५ जनालाई एकल र १६ जनाको समूहलाई संयुक्त रूपमा उपकरण प्रदान गरिएको थियो ।

 

उद्यमशील कार्यक्रममा सहभागीलाई बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदी, उपप्रमुख गोमादेवी आचार्य, यूएनडीपी लुम्बिनी प्रदेश संयोजक सुदीप अर्यालले सिलाइ मेसिन, कपडा, कैंची, टेबलसहितका औजार र उपकरण संयुक्त रूपमा वितरण गरे ।

 

कार्यक्रममा नगरप्रमुख सुवेदीले उपमहानगरको नीति तथा कार्यक्रमअनुसार उद्यमशील महिलालाई औजार तथा उपकरण प्रदान गरिएको बताए ।


महिला सशक्तीकरण परियोजनाअन्तर्गत भएका कार्यक्रमबाट बुटवललाई उद्यमीको सहर बनाउन मद्दत मिल्ने हुँदा आगामी वर्षमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ छ ।

 

यूएनडीपीका लुम्बिनी प्रदेश संयोजक सुदीप अर्यालले महिला लक्षित कार्यक्रमका लागि उपमहानगरसँग समन्वय गरी अगामी वर्षमा पनि कार्यक्रमलाई निरन्तरता दिइने जानकारी गराए ।

 

बुटवल टेक्निकल कलेजका कार्यकारी निर्देशक पीएल श्रेष्ठले आगामी दिनमा यस्ता कार्यक्रमलाई अगाडि बढाउने बताए ।