close

जुम्लामा लम्बियो निषेधाज्ञा 

जुम्लामा लम्बियो निषेधाज्ञा 

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लामा पुनः साताव्यापी निषेधाज्ञा थप गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा कमी नआएपछि सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले पुनः साता दिन निषेधाज्ञा थपेको हो ।

 

यसअघि लागू गरिएको निषेधाज्ञा १४ असार राती १२ बजेबाट सकिएसँगै पुनः २१ असार राती १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो । 

 

निषेधाज्ञामा सबै प्रकारका सभा सम्मेलन, तालिम, सेमिनार, गोष्ठी तथा मानिसको भीडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न÷गराउन नपाउने, अत्यावश्यक कामबाहेक बाहिर हिँडडुल गर्न, शैक्षिक संस्था खोल्न नपाइने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । 

 

त्यस्तै, निषेधाज्ञामा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर औषधी पसल, तरकारी तथा खाद्य पसललगायत दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्न बिहान ६ देखि दिउँसो २ बजेसम्म दिइएको छ । 

 

जिल्लाभित्र सञ्चालन हुने निजी तथा सार्वजनिक यातायात जोरबिजार प्रणाली अवलम्बन गरी सञ्चालन गर्ने व्यवस्था मिलाउने, सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राखेर सञ्चलन गर्न पाइने, स्वास्थ्य सुरक्षा अनिवार्य पालना गर्नुपर्ने र तोकिएको भाडादरभन्दा बढी लिएको पाइए कानुनी कारबाही गरिने प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए ।

 

जुम्लामा कोरोना संक्रमितको संख्या ७९६ पुगेको छ । ६३१ ज्ना संक्रमणमुक्त भएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा २६ जना उपचाररत रहेको जिल्ला प्रशाासन कार्यालय जुम्लाले जनाएको छ । वैशाखयता जुम्लामा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ ।