close

स्थानीयलाई बोका वितरण गर्दै चाँगुनारायण

स्थानीयलाई बोका वितरण गर्दै चाँगुनारायण

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिकाले स्थानीयलाई उन्नत जातको बोका वितरण गरेको छ । नगरपालिको उन्नत जातको बाख्रा उत्पादन गर्न प्रजननका लागि बोयर बोका वितरण गरेको हो । 

 

नगरपालिकाको पशु विकास शाखाको संयोजनमा पालिकाले उक्त बोका वितरण गरेको हो । पालिकाले प्रतिवडा १ जनालाई बोका वितरण गरेको छ । 

 

पालिकाका अनुसार वडा नम्बर १ देखि ९ सम्मका ९ स्थानीय कृषक, भक्तपुर बहिरा संघलाई एउटा र व्यावसायिक फार्मलाई ४ गरी १४ वटा बाख्रा वितरण गरेको हो । 

 

कार्यक्रमका लागि पालिकाको गत वर्षको साताैँ नगरसभाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । पालिकाले बोका वितरण गर्न पहिले नै योजना बनाए पनि कोरोना महामारीले ढिलाइ भएको हो । 


पालिकाले बोका मागका लागि दरखास्त आह्वान गरेको थियो । सोहीबमोजिम छनोटमा परेका स्थानीय बाख्रापालकलाई बोका वितरण गरेको हो । 

 

बोकामार्फत स्थानीयले आम्दानी गर्ने सक्ने पशु विकास शाखाले जनाएको छ । नगरपालिकाको सहयोगमार्फत बोका पाएसँगै स्थानीय खुसी छन् ।