close

मनाङका स्थानीय तह प्रशासकीय अधिकृत विहीन

मनाङका स्थानीय तह प्रशासकीय अधिकृत विहीन

Trulli
ADVERTISEMENT

मनाङ– मनाङका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारी अभाव भएको छ । प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारी सरुवा तथा बढुवा भई अन्यत्र गएकाले  सेवाग्राही मर्कामा परेका हुन् । जिल्लाका नासों, चामे, ङिस्याङ र  नार्पाभूमि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन भएका छन् । 

 

सरुवा भएर आउने प्रमुख प्रशासकीय अधिकृत समेत  जिल्लामा आइपुगेका छैनन् ।  बाढीपहिराका कारण सडक सञ्जाल विच्छेद भएकाले उनीहरुलाई जिल्ला आउन समस्या भएको बताइएको छ ।  प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले सडक समस्याले पनि कर्मचारी आउन ढिलाइ भएको बताए । प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजनाका काम अगाडि बढाउनसमेत समस्या भएको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए । जिल्लाका विभिन्न कार्यालय प्रमुख समेत सरुवा भएका छन् ।