close

लहान नगरको तीन वर्षे प्रगति सार्वजनिक 

लहान नगरको तीन वर्षे प्रगति सार्वजनिक 

Trulli
ADVERTISEMENT

लहान - सिराहाको लहान नगरपालिकाले ३ वर्षभित्र ९० प्रतिशत काम सम्पन्न भएको दाबी गरेको छ । जनप्रतिनिधिको तेस्रो कार्यकाल पूरा भएको अवसरमा पत्रकार सम्मेलन गरी लहान नगरप्रमुख मुनि साह सुडीले यस्तो दाबी गरेका हुन् ।


३ वर्षको अवधिमा  लहान नगरपालिका क्षेत्रको २३ किलोमिटर सडक कालोपत्रे भएको र बाँकी ३० किलोमिटरमा पनि प्रक्रिया अगाडि बढेको साहले जानकारी दिए ।  उनले भने, ‘सिँचाइ तथा कृषिअन्तर्गत विभिन्न वडामा बोरिङ जडान, बाँध निर्माण र नदी नियन्त्रणका काम भएका छन् ।

 

स्वास्थ्य क्षेत्रमा नगरबासीको पहुँच विस्तार गर्न नगरपालिकाका विभिन्न वडाहरूमा १० वटा स्वास्थ्य चौकी भवन बनाउनेदेखि १५ शैयासम्मका अस्पताल बनाउने काम जारी छ ।’


नगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर सुधारका विद्यापति भानुभक्त वाचनालयको भवन निर्माण, सामुदायिक विद्यालयको शिक्षा सुधार गर्न विभिन्न पहल भइरहेको नगरप्रमुख साहले दाबी गरे । ‘नगरभित्र उद्योग व्यापार, वैदेशिक रोजगार प्रवद्र्धन, खानेपानी, भौतिक पूर्वाधारलगायत लक्षित वर्ग समेट्ने काम भइरहेको छ,’ उनले भने ।