close

फोहोर व्यवस्थापनमा चुक्दै घाेडाघोडी नगरपालिका

फोहोर व्यवस्थापनमा चुक्दै घाेडाघोडी नगरपालिका

Trulli
ADVERTISEMENT

कैलाली - कैलालीको घोडाघोडी नगरपालिकाले फोहोर संकलनको रकम बढी तोकेको भन्दै स्थानीय युवा क्लबले बिरोध जनाएको छ । 


जनताको सरकार भएर जनताको ढाड सेक्ने गरी फोहोर संकलनको शुल्क तोकिएको भन्दै  घोडाघोडी युवा क्लबले पालिकाले तोकेको भन्दा ५० प्रतिशत कम रकममा फोहोर  संकलन गरिदिने क्लबका सचिव विष्णु सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 


नगरपालिकाले घोडाघोडी उद्योग बाणिज्य संघलाई फोहोर संकलनको जिम्मा दिएको छ । उद्योग बाणिज्य सङ्घ र नगरपालिकाको समन्वयमा फोहोर संकलनको रकम तोकिएको छ । तर, व्यापारीलाई मार पर्ने गरी रकम तोकिएको उद्योग बाणिज्य संघका सदस्य होम तामाङले बताए । 


‘हामीले व्यापारीलाई सहज हुने गरी फोहोर संकलन गर्ने निर्णय गरेका छौँ’, उनले भने । घोडाघोडी क्लबका उपाध्यक्षसमेत रहेका तामाङले व्यापारीको सहजताका निम्ति शुल्क कम गरिएको बताए ।


घोडाघोडी उद्योग बाणिज्य संघले पनि अहिले फोहोर संकलन गरिरहेको जनाएको छ । ‘नगरपालिकाले फोहोर उठाउन नसक्ने जनाएपछि हामीले जिम्मेवारी पाएका हौँ’, उद्योग बाणिज्य संघका अध्यक्ष जियालाल आचार्यले भने, ‘हामीले नगरपालिकासँग समन्वय गरेर रकम तय गरेका हौँ ।’ उनले सुखड, साडेपानी, पहलमानपुर क्षेत्रभित्र फोहोर सङ्कलनको काम भइरहेको बताए ।


यता, घोडाघोडी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहले भने शुल्क महँगो नभएको र सहमतिकै आधारमा कायम गरिएको जिकिर गरेका छन् । फोहोर उठाउने कुरामा विवाद आयो भने सरोकारवालासँगको छलफलपछि कार्यपालिमामा प्रस्ताव गएर विवाद टुंगो लगाउने सिंहको भनाइ छ ।