close

बालमैत्री बन्दै सरावल गाउँपालिका

बालमैत्री बन्दै सरावल गाउँपालिका

Trulli
ADVERTISEMENT

नवलपरासी पश्चिम - नवलपरासी पश्चिमको सरावल गाउँपालिकाले पालिकालाई बालमैत्री बनाउने भएको छ । पालिकाको यो अभियानमा स्थानीय बाल क्लबहरूले पनि तदारुकता देखाएका छन् । अभियानलाई एबीसी नेपाल र स्ट्रोम फाउन्डेसन नेपालीले साथ दिएका छन् ।

 

पालिका उपाध्यक्ष उत्तमा रायले सरावललाई बालमैत्री घोषणा गर्न बालमैत्री स्थानीय शासनलाई अभियानको रूपमा लिइएको जानकारी दिइन् ।


‘पहिले बाल क्लब हुँदैनथे’, बालबालिकामाझ रायले भनिन्, ‘तपार्इंहरूको पालामा हामी सहयोग गर्नेछौँ ।’

 

अभियानकै क्रममा वडा- ४ ललितपुरमा बाल बगैँचा तथा सहजकर्ताका लागि बालमैत्री अभियान सुरु गरिएको छ ।

 

महिला सञ्जालकी अध्यक्ष मीना चौधरीले तालिमले मात्र सबै कुरा पूरा नहुने हुँदा यसलाई व्यवहारमै उतारेर पालिकालाई बालमैत्री बनाइनुपर्नेमा जोड दिइन् ।

 

सरावल गाउँपालिकाका बाल क्लबहरू सरावल बाल आवाज पत्रिकासमेत प्रकाशन गर्दै आएका छन् ।