close

इलाममा पनि भेटियाे पाटेबाघ

इलाममा पनि भेटियाे पाटेबाघ

Trulli
ADVERTISEMENT

पाँचथर -  हालसम्मको रेकर्डअनुसार नेपालकै अग्लो स्थानमा जंगली पाटेबाघ भेटिएको छ । वन तथा भू संरक्षण विभागले विज्ञप्ति जारी गर्दै इलाममा पाटेबाघ देखिएको जानकारी दिएको हो ।


तीन हजार १०० मिटर उचाइमा इलाममा पाटेबाघको रेकर्ड भएको हो । जीपीएस कलरिङ गरिएका रेडपाण्डाको गतिविधि अध्ययनका लागि राखिएको क्यामेरा ट्र्यापमा बाटेबाघ रेकर्ड भएको हो । केही महिना अगाडि डडेलधुरा जिल्लामा दुई हजार ५०० मिटर उचाइमा पाण्डा भेटिएको थियो । 


‘बाघ स्थलीय पारिस्थितिक प्रणालीको सबैभन्दा माथिल्लो तहमा अवस्थित प्राणी हो । प्राकृतिक वासस्थानमा यसको उपस्थितिले त्यहाँ भएका सम्पूर्ण प्राणीहरूको अवस्था राम्रो भएको संकेत गर्छ’, विभागका महानिर्देशक मनबहादुर खड्का भन्छन्, ‘बाघको उपस्थितिले उच्च पहाडी क्षेत्रका वनहरू ठूला जंगली बिरालोहरूको वासस्थान हुन सक्ने संकेत गर्छ ।’


यससँगै कंचनजंघा भू-परिधि क्षेत्रमा बिरालो प्रजातिको संख्या आठ पुगेको छ । १३ र २१ नोभेम्बरमा जंगली पाटेबाघको तस्बीर लिइएको हो । नेपालमा सन् २००९ मा  गरिएको गणनामा १२१ र सन् २०१८ मा २३५ बाघको संख्या देखाएको थियो ।