close

किसानको आम्दानीमा बज्रपात, धमाधम मर्न थाले बाख्रा

किसानको आम्दानीमा बज्रपात, धमाधम मर्न थाले बाख्रा

Trulli
ADVERTISEMENT

सुर्खेत- सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर- १० मा पहिचान नभएको रोगका कारण धमाधम बाख्रा मर्न थालेपछि किसानको आम्दानीको स्रोत गुम्न थालेको छ । वडा नम्बर- १० जामुका एकै गाउँका ३ दर्जनभन्दा बढी बाख्रा अज्ञात रोगका कारण मरेका हुन् ।


स्थानीय महेन्द्र ढकाल, हरि ढकाल, भवानी ढकाल, जन्म ढकाल, मीन देवकोटा, चावली देवकोटालगायत किसानका ३ दर्जनभन्दा बढी बाख्रा पहिचान नभएको रोगका कारण मरेको उनीहरूले बताए ।


सुरुमा टाउको सुनिने, घाँस नखाने, छिनछिनमा पिसाब गर्ने लक्षण देखिने गरेको र लक्षण देखिएको ३ दिनमै बाख्रा मर्ने गरेको उनीहरूको गुनासो छ ।


बिरामी भएर मरेका बाख्राको फोक्सो छियाछिया परेको, पित्त बढेको देखिने गरेको छ । पशु क्लिनिकबाट औषधी किनेर उपचार गरे पनि काम नगरेको स्थानीय कृषक बताउँछन् ।


पशुपक्षी विकास शाखा पञ्चपुरीका प्रमुख हसना सारुले यस विषयमा कुनै जानकारी नभएको बताइन् । जानकारी पाउनासाथ तत्काल औषधोपचारको व्यवस्था गरिने दाबी उनको छ । 

 

कृषकले सामान्य समस्या राखेर औषधि लिने गरेको र कार्यालयमा समस्याबारे जानकारी नदिएको उनले बताइन् । ‘तत्काल समस्या समाधान नभए अन्य बाख्रामा पनि रोग फैलिने सम्भावना छ’, सारुले भनिन् ।