close

अपांगता परिचयपत्र बाँड्दै तामाकोसी

अपांगता परिचयपत्र बाँड्दै तामाकोसी

Trulli
ADVERTISEMENT

दोलखा- दोलखाको तामाकोसी गाउँपालिकाले अपांगता भएका नागरिकलाई बाटो खर्च दिएरै निःशुल्क स्वास्थ्य परीक्षण तथा परिचयपत्र वितरण सुरु गरेको छ । 

 

पहिलो दिन मंगलबार वडा नम्बर १ र २ मा स्वास्थ्य शिविर सञ्चालन गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक अरुणकुमार मिश्रले जानकारी दिए ।

 

बुधबार वडा नम्बर ३, ४ मा र बिहीबार वडा नम्बर ५, ६ र ७ शिविर सञ्चालन गरिने उनले बताए । 

 

शिविरमा दक्ष डाक्टरबाट निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण, अपांगता भएका नागरिकलाई सहयोग गर्नुपर्ने आवश्यक सामग्रीको टिपोट, अपांगता परिचयपत्र वितरण तथा परिचयपत्रको वर्ग परिवर्तनलगायत विषयमा प्रशिक्षण दिइने गरिएको छ । कार्यक्रममा पुरानो परिचयपत्रको नवीकरणसमेत गरिनेछ ।