close

गाउँपालिका अध्यक्षको स्मृतिमा पुरस्कार 

गाउँपालिका अध्यक्षको स्मृतिमा पुरस्कार 

Trulli
ADVERTISEMENT

पाँचथर- २६ माघ २०७५ मा निधन भएका पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमर नेम्बाङको स्मृतिमा साहित्यकार प्रा. डा गोविन्दराज भट्टराई र वीर नेम्बाङ पुरस्कृत भएका छन् ।

 

जनही ५० हजार रुपैयाँको पुरस्कार संविधानसभा सदस्य भीष्मराज आङदेम्बेले हस्तान्तरण गरे । 

 

अमर नेम्बाङ स्मृति प्रतिष्ठानले फिदिममा स्मृति कार्यक्रम गरी पुरस्कार वितरण, छात्रवृत्ति तथा स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान गरेको हो ।


साहित्यकारको छवि बनाएका स्व. अध्यक्ष नेम्बाङ गाउँपालिकाको कार्यक्रममै बेहोस भएर ढलेका थिए । उपचारका लागि लैजाँदा बाटोमै उनको मृत्यु भएको थियो ।

 

नेम्बाङको स्मृतिमा सत्यहाङमा मावि इम्बुङमा कक्षा १ का ६ वर्षीय गाब्रेल नेम्बाङलाई १० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको छ ।

 

यस्तै, कुम्मायकका आगलागीपीडित कर्णबहादुर थापा र ढिकबहादुर थापालाई १२ हजार ५ सय रुपैयाँका दरले राहत प्रदान गरियो ।


पाँचथरका स्थानीय तहलाई मास्क, थर्मल गन वितरण गरिँदै छ । स्थानीय तहमा पुगेर हस्तान्तरण गरिने आयोजकका सल्लाहकार धर्मेन्द्र नेम्बाङले जानकारी दिए । 

 

पाँचथरका ७ गाउँपालिकालाई ५ हजारका दरले मास्क, एउटा थर्मल गन र फिदिम नगरपालिकालाई १० हजार थान मास्क, थर्मल गन प्रदान गरिनेछ ।