close

बालअधिकार सुनिश्चितताका लागि पाँचथरका स्थानीय तहको प्रतिबद्धता 

बालअधिकार सुनिश्चितताका लागि पाँचथरका स्थानीय तहको प्रतिबद्धता 

Trulli
ADVERTISEMENT

पाँचथर- बाल अधिकार सुनिश्चित गर्न पाँचथरका स्थानीय तहले प्रतिबद्धता जनाएका छन् । सदरमुकाम फिदिममा आयोजित बालअधिकार सुनश्चितताका लागि छलफल कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिले प्रतिबद्धता जनाएका हुन् ।


उनीहरूले आवश्यक नीति तथा बजेट विनियोजन गरेर कार्यान्वयनका निम्ति प्रतिबद्धता जनाएका हुन् । छलफलमा सम्पूर्ण स्थानीय तहले बालबालिका सम्बन्धी ऐन २०७५ अन्तर्गत रहेर बालअधिकार संरक्षण तथा संवर्द्धन कार्यविधि बनाएर कार्यान्वय गर्ने बताएका छन् । 


जिल्ला समन्वय समिति पाँचथरको आयोजना, मानवअधिकार मञ्च इलाम र हुकोडेक नेपाल पाँचथरको व्यवस्थापनमा भएको कार्यक्रममा फिदिम नगरपालिका सहितका स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत तथा जिल्लास्थित अन्य सरोकारवालाको उपस्थिति रहेको थियो ।


चार बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै सकिएको छलफल कार्यक्रमपछि फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङले अझै धेरै काम गर्नुपर्ने बाँकी रहेको बताए । ‘हाम्रो कार्यकाल सकिन लागिसक्यो गर्नु पर्ने काम धेरै छन्’, उनले भने, ‘बालअधिकारसम्बन्धी कार्यविधि बनाउन सकिएकै रहने छ ।’


बालअधिकार सुनिश्चितताका लागि अब स्थानीय तहले बाल क्लब निर्माण गर्ने, विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म ल्याउने तथा नीति निर्माणमा बालबालिकाका क्षेत्रमा काम गर्ने निकायसँग सहकार्य गर्ने तथा बालबालिकाको सर्वाङ्गीण विकासमा सहजिकरण गर्नेछन् ।