close

भूमि आयोगमा तथ्यांक संकलन अभिमुखीकरण

भूमि आयोगमा तथ्यांक संकलन अभिमुखीकरण

Trulli
ADVERTISEMENT

डडेल्धुरा– भूमिसम्बन्धी समस्या समाधान तथ्यांक संकलनका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आयोगले डडेल्धुराका ७ वटै स्थानीय तहमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको भूमिसम्बन्धी समस्या समाधान आयोगले तथ्यांक संकलकका लागि अभिमुखीकरण नवदुर्गा गाउँपालिकामा सम्पन्न गरेको हो । 

 

अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै भूमिसम्बन्धी समस्या समाधान आयोग डडेल्धुराका अध्यक्ष पदमराज जोशीले भूमिहीनलाई आयोगको मापदण्डअनुसार लालपुर्जा वितरण गर्ने लक्ष्य रहेको बताए । 

 

सरकाले तय गरेको मापदण्डभन्दा बाहिर गएर कसैले सिफारिस गरे कानुनबमोजिम कारबाही हुने बताउँदै अध्यक्ष जोशीले आयोगले निदृष्ट गरेको मापदण्डमा रहेर काम–कारबाही गर्न सम्बन्धित पक्षलाई अनुरोध गरे ।

 

नवदुर्गा गाउँपालिका अध्यक्ष कवीन्द्र विष्टले जहाँबाट समस्या उठान हुन्छ, त्यहाँ नै समस्या रहेको संकेत गर्दै ऐन कानुनले दिएको अधिकारबाहेक कसैले काम नगर्न आग्रह गरे ।

 

अध्यक्ष विष्टले भने, ‘भूमिहीनलाई जग्गा दिने पवित्र कार्यमा सबै पक्षले सहयोग गर्नुपर्छ । गाउँपालिकाअन्तर्गतको वास्तविक तथ्यांक संकलनका लागि कर्मचारी र जनप्रतिनिधिले सँगै काम गर्नुपर्छ ।’

 

सुकुम्बासीका समस्या हेर्ने नजिकको निकाय वडा भएकाले वास्तविक तथ्यांक संकलनका लागि वडा सदस्यहरू सक्रिय रहेको मालपोत कार्यालय डडेल्धुराका प्रमुख अशोक सार्कीले बताए । उनले भने, ‘हामीसँग केही स्रेस्ता छन् तर वास्तविक पीडितको सुनुवाइका लागि प्रक्रियागत रूपमा कागजात नआउँदा काममा अलमलमा पर्न सक्छ ।’ 

 

आयोगले निर्धारण गरेको कानुनी व्यवस्थाका आधारमा वडाबाट तथ्यांक संकलन र सिफारिस गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा भूमिसम्बन्धी समस्या समाधान आयोग डडेल्धुराका विज्ञ अमरबहादुर पुनले आयोगले निर्धारण गरेको कार्यविधि, मापदण्ड, नियम तथा कानुन र प्रक्रियाका विषयमा प्रस्तुतीकरण गरे ।