close

मुसीकोटमा गर्भवतीसँग उप-प्रमुख कार्यक्रम समापन

मुसीकोटमा गर्भवतीसँग उप-प्रमुख कार्यक्रम समापन

Trulli
ADVERTISEMENT

गुल्मी(मुसीकोट)- गुल्मीको मुसीकोट नगरपालिका वडा नम्बर ७ स्थित वामिटक्सार स्वास्थ्य चौकीमा गर्भवतीसँग उप-प्रमुख कार्यक्रम समापन भएको छ ।

 

गर्भवती महिलामा जनचेतना अभिवृद्धि गरी कम्तीमा ४ पटक स्वास्थ चेकजाँचका लागि स्वास्थ्य संस्थामा जानुपर्ने, पोषणयुक्त आहार खानुपर्ने र नवजात शिशुलाई खोप तथा उचित स्याहार गर्नुपर्नेलगायत विषयमा जनचेतना प्रदान गर्न कार्यक्रमले सहयोग पुर्‍याउनेछ ।

 

४ पटक गर्भ जाँच गराएका गर्भवती महिलालाई उप-प्रमुख कमला शर्माले पोषणयुक्त कोसेली हस्तान्तरण गरेकी थिइन् । 

 

कार्यक्रम मुसीकोट नगरपालिकाका ९ वटै स्वास्थ्य चौकीमा सञ्चालन गरिने नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिसीले बताए । नगरपालिकाले गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएको छ ।

 

कार्यक्रममा नगरपालिकाको वडा नम्बर ७ का वडाध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष प्रकाश काफ्ले, उप-प्रमुख शर्मा, स्वास्थ्य संयोजक जिसी, स्वयंसेविका, गर्भवती महिलालगायत उपस्थित थिए ।