close

अयोध्याधाम निर्माण स्थलमा राम मन्दिर शिलान्यास

अयोध्याधाम निर्माण स्थलमा राम मन्दिर शिलान्यास

Trulli
ADVERTISEMENT

चितवन(माडी)- चितवनको माडी नगरपालिका कृष्णनगरस्थित अयोध्याधाम निर्माण स्थलमा राम मन्दिर शिलान्यास भएको छ ।

 

माडीका नगरप्रमुख ठाकुरप्रसाद ढकालले वडा नम्बर ९ कृष्णनगर पार्कको १०० बिघा क्षेत्रफलमा मन्दिर निर्माणको शिलान्यास गरे ।

 

शिलान्यास कार्यक्रममा रामनवमी पूजा समितिका संयोजक एवं पूर्वसांसद तीर्थराज भुसाल, पूजा व्यवस्थापन उपसमिति संयोजक पण्डित सुदर्शन सुवेदी, वडाध्यक्ष शिवहरि सुवेदीलगायत स्थानीयको उपस्थिति थियो ।


सो स्थानमा आउँदो ८ वैशाखमा रामनवमी पर्वका दिन राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति स्थापनाको कार्यक्रम छ । 

 

प्रधानमन्त्री केपी ओलीले स्वस्ति वाचनसहित रथयात्रा गरी बिदाइ गर्ने मूर्ति देवघाटधाम हुँदै माडी पुर्‍याएर राम मन्दिरमा प्राणप्रतिष्ठा गर्ने कार्यक्रम तय भएको छ । 

 

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसँगै संघीय, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि सहभागी रहने जनाइएको छ ।