close

सिरहामा आगलागी हुँदा ६० लाख बढीको क्षति

सिरहामा आगलागी हुँदा ६० लाख बढीको क्षति

Trulli
ADVERTISEMENT

सिरहा- सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिका वडा नम्बर २ पर्साटोलमा शुक्रबार साँझ ५ बजे भएको आगलागीमा लाखौँको क्षति भएको छ ।

 

स्थानीय रवीन्द्र साहको घरबाट आचानक सल्केको आगोले एकै दाजुभाइका ८ घरपरिवारको धनमाल जलेर नष्ट भएको हो ।

 

सचीन्द्र साह, वीरेन्द्र साह, आनन्द साह, लाले साह, धीरेन्द्र साह, लछुराम साह र रामलोचन साहको घरमा रहेको अन्नपात, गरगहना, लत्ताकपडा, नगद, राइस मिललगायत घरमा रहेका सम्पूर्ण सरसमानसहित करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको पीडित परिवारले बताए ।

 

घरमा कोही नभएका बेला अचानक आगलागी भएको वडा नम्बर २ का वडाध्यक्ष धर्मेन्द्रराय दनुवारले जानकारी दिए । लहानबाट आएको वारुणयन्त्रले १ घन्टापछि आगो नियन्त्रणमा लिएको थियो । 

 

आगलागीका कारण पीडित परिवार विचल्लीमा परेपछि गाउँपालिकाबाट राहतस्वरूप प्रतिपरिवार २५ केजी चामल, २ केजी दाल, २ किलो नुन, १ लिटर खानेतेल, १ हजार रुपैयाँ नगद, १ वटा त्रिपाल पीडित परिवारलाई वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।