close

अनि कुमारी र भगवतीले बुबाको अन्तिम संस्कार गरे

अनि कुमारी र भगवतीले बुबाको अन्तिम संस्कार गरे

Trulli
ADVERTISEMENT

उदयपुर (कटारी )- उदयपुरको कटारी नगरपालिकाले वडा नम्बर-५ , बर्मजियाका ६० वर्षीय बलवहादुर मगरको गत २४ जेठमा निधन भयो ।  देशमा कोरोना कहर चलिरहेपनि उनको मृत्यु कोरोनाले भएको भने थिएन ।  तर, मृत्युपछि छिमेकका कसैले पनि शवलाई छुने र घाटसम्म लगेर दाहसंस्कार गर्न अग्रसरता देखाएनन् । 

 

बुबाको मृत्युपछि आफै शवयात्रा गरी दाहसंस्कार गर्ने दिदीबहिनीको परिवारलाई आर्थिक सहयोग गरेको छ । मगरका आफन्त पनि भेटिएनन् । रोगले थलिएका बलबहादुरलाई उनका १७ र २० वर्षीया छोरीले स्याहार गर्थे । बुवाको मृत्युपछि छिमेकीले चासो नदेखाएपछि दुई छोरी मिलेर शवलाई आफैले पोकोवारे घाटसम्म लगे । अन्तिम संस्कार गरेर फर्किए । 

 

त्यसबेलासम्म न छिमेकीहरु साथ दिन गए । न कोही आफन्त नै सहयोग गर्न जुटे । न दैलोको भनिएको सरकारले नै चासो देखायो ।  १७ वर्षीया छोरी कुमारी र २० वर्षीया छोरी भगवती बाबु गुमाएसागै टुहुरा मात्र भएनन्, गाास जुटाउनसमेत नसक्ने अवस्थामा पुगे ।  यो घटना थाहापाएपछि बल्ल नगरपालिका उनको घर पुगेको छ, जम्मा २० हजार रुपैयाँ राहत बोकेर । 


रकम लिएर नगरपालिकाकी उपप्रमुख भिमकुमारी राउत आफै मगरको घर पुगिन् । दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्ने बलबहादुरको परिवार दुई छोरी र श्रीमतीसहित स्थानीय शिवहरि दाहालको जग्गामा सानो झुप्रो हालेर बसोबास गर्दै आएका छन् । परिवारका ४ जना नै कटारी बजार र आसपासको क्षेत्रमा दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका छन् । 

 

बिरामी भएर घरमै थलिएका बलबहादुरको मृत्यु भएको दाजुभाइ र आफन्त नभएकाले बुबाको दाहसंस्कार र काजकिरिया आफैंले गर्ने निर्णय गरेको कुमारी र भगवती बताउँछन् । 

 

बलबहादुरको मृत्युपश्चात  कुमारी, भगवतीले नै बुवाको कजकिरिया गरे । छिमेकीको बेवास्ता र दैलोको सरकारको कम चासोबीच मृत्युसंस्कार आफैंले गरेको भन्दै दिदीबहिनीको यतिवेला सामाजिक संजालमा चर्चा चुलिएको छ ।