close

पातुखोला क्षेत्रका स्थानीय बाढीको उच्च जोखिममा (भिडियो खबर)

पातुखोला क्षेत्रका स्थानीय बाढीको उच्च जोखिममा (भिडियो खबर)

ADVERTISEMENT

दाङ- नदी र खोलाको वहाव क्षेत्र मिचेर वस्ती बस्ने नेपालमा नौलो होइन । देशका धेरै स्थानमा यही मानवीय त्रुटीका कारण वर्षायाममा ठुलो क्षति हुने गरेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका हुँदै बग्ने पातु खोला पनि मानवीय अतिक्रमणमा परेको छ । त्यहाँ कुनै पनि बेला विनाश निम्तने जोखिम छ । लामो समयदेखि पातुखोलमा अतिक्रमण भइरहेको छ ।

 

सशस्त्र द्वन्द्वको समयदेखि नै मानवीय अतिक्रमणमा परेका कारण खोला अहिले कुलो जस्तै बनेको छ । खोलाको वगर हुनुपर्ने स्थानमा अहिले बजार बसेको छ । पातुखोला क्षेत्रको ५ किलोमिटर क्षेत्र अहिले बस्तीका रुपमा विकास भएको छ । जहाँ जुनसुकै बेला पनि खोलाले विनास निम्ताउन सक्ने स्थानीय देखि जनप्रतिनिधि नै बताउन थालेका छन् । 


लामो समयदेखि खोलाकै रुपमा बगेको पातु खोला नेपालमा चलेको सशस्त्र द्वन्द्वको समयदेखि नै मानवीय अतिक्रमणमा परेको क्षेत्र हो । झण्डै १८-२० वर्षको अवधिमा यो खोला कुलोमा परिणत भएको छ । बगर बजार र बस्तीमा परिणत भएको छ । पातुखोला क्षेत्रको ५ किलोमिटर क्षेत्र अहिले पूर्ण रुपमा वस्तीको रुपमा विकास भएपछि यो क्षेत्र उच्च जोखिममा देखिएको हो ।

 

मानवीय लापरवाहीका कारण अहिले यो क्षेत्र उच्च जोमिममा रहेको र यसका लागि सरकारले सुरक्षाको उपाय खोजिरहेको छ । जनप्रतिनिधि नहुँदा भूमाफियाको सक्रियता बढ्यो । जनप्रतिनिधि नभएको बीचको १५ वर्षमा पातुखोलामा चलखेल भएको जनप्रतिनिधि नै बताउँछन् । 


प्रकृतिलाई मानवीय चुनौती दिइरहेकोले कालान्तरमा खोलाले आफनो लय समात्ने ठूलो जोखिम रहने स्थानीय बताउँछन् । राज्यले पछि राहतको नाममा थुप्रै पैसा समेत खर्च गर्नुपर्ने अवस्था रहने भन्दै त्यो अवस्था आउन नदिन समयमा नै सोच्नु पर्ने स्थानीयको सुझाव छ । 


पातुखोलाको सिरान सल्यानको कपुरकोट क्षेत्र हो । त्यो क्षेत्र केही वर्षदेखि दलदल क्षेत्र बनेकाले पहिरोको समेत जोखिम छ । पहिरो खस्ने वित्तिकै त्यसको असर तुलसीपुर क्षेत्रमा पर्ने र पातुखोला क्षेत्र पूर्ण रूपमा प्रभावित रहने अवस्था छ । पातुखोला संरक्षणका लागि तटबन्धहरु निर्माण भइरहेको भएपनि जोखिम भने कम नभएको स्थानीय बताउँछन् । 


पहिरोले खोला थुनेर बाढी आए त्यसको असर तुलसीपुर क्षेत्रमा पनि पर्ने निश्चित छ । तुलसीपुर उपमहानगपालिका वडा नम्बर १ राम्रीको फेदीबाट उरहरीको सुकौरा बबईसम्म जोखिमयुक्त क्षेत्र खोज्न यस अघि योजना बनाइएको थियो । तर अहिलेसम्म काम पूरा भएको छैन । समयमा नै सजग नभए पातुखोलाले ठूलो क्षति गर्ने सम्भावना छ ।