close

जागिर खोज्दै बाजुराबाट काठमाडौं-मनाङ-चितवन-अछाम हुँदै मनाङसम्मको १७ दिने यात्रा

जागिर खोज्दै बाजुराबाट काठमाडौं-मनाङ-चितवन-अछाम हुँदै मनाङसम्मको १७ दिने यात्रा

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको बढीमालिका नगरपालिका वडा नं. ८ का ३० वर्षीय गणेश रावल डेढ वर्षअघि काम खोज्न काठमाडौँ गए । जिल्लामा बेरोजगार भएपछि रोजगारको विकल्प नहुदाँ उनि भौतारिदैँ काठमाडौँ पुगे । काठमाडौंमा केही महिना काम गरेका रावलको दिनचर्या चलेन । त्यसपछि उनी हानिए मनाङ ।

 

देशभर निषेधाज्ञा जारी रहेका बेला उनले त्यहाँ पनि राम्रो काम पाएनन् ।  मनाङका एक व्यवसायी मार्फत काम गरिरहेका गणेशसहितका ४ जना श्रमिकलाई अलपत्र छोडेर ती व्यवसायी नै भागे । गणेशका अनुसार अलपत्र परेपछि उनीहरु घर फर्किने निधो गरे । लकडाउनको बेला गाडी नपाएपछि हिड्दै १४ दिन लगाएर चितवनको नारायणगढ पुगे । 

 

नारायणगढ पुगेपछि गणेशका ४ जना साथीले साथ छोडे । बचेको पैसा पनि सकिएपछि गणेश भोकभोकै बाजुराका लागि हिडे । ३ दिनको थप हिडाई र कतै छिटफुट गाडीको लिफ्ट पाएपछि उनी शुक्रबार राती अछामको साँफेबगर आइपुगेका छन् । 

 

भोकले हिड्नै नसकेका गणेश साँफेबगरको एक गल्लीमा सुतिरहेको भेटेपछि शनिबार बिहान स्थानियहरुले दाह्री ग्याङ्ख अछामका संयोजक समाजसेवी युवा उमेश कुवँरलाई खबर गरे । उमेश आफ्ना साथी हिमाल कुवँर र नेपाल पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्रीलाई लिएर गणेश भएको ठाँउमा पुगे । उनको अवस्था देखेर उमेशको मन कटक्क भयो ।

 

तत्कालै एक होटलमा लगेर गणेशलाई खाना खुवाए । साँफेबगरमै काम खोजिदिने बचन दिए । तर गणेशले आफ्नो काम गर्दा हातमा चोट लागेको सुनाए । चोट लोगेको भनेपछि उमेशले एकपटक अस्पताल लिएर चेकजाच गर्ने मनसाय बनाए । उमेशको समूहले उनलाई बयालपाटा अस्पताल पुर्याए । 


अस्पतालमा चेकजाच गर्दा उनको बायाँ हात भाँचिएको देखियो । बयालपाटा अस्पतालमा सिनियर हेल्थ असिष्टेण्ट छत्र साँउद लगायतको टिमले उनको उपचार गर्यो । कमाई गरेर घरमा श्रीमती र छोराछोरीलाई पठाउने र जीवन चलाउने गणेशको धोको थियो । तर १७ दिन विभिन्न जिल्ला भौँतारिदै रित्तो हात घर फर्किनु परेको छ । 


‘साँफेबगरमै भएपनि केही काम गरेर थोरै भएपनि पैसा लिएर घर जान्छु भन्दै थिए । म रित्तो हात कसरी घर जाँउ घरपरिवार छ, मैले के दिने उनीहरुलाई?’ पालिकाखबरसँगको कुारकानीमा उनले गुनासो सुनाए । 

 

उपचार पश्चात उनलाई तत्त्काल काम नगर्न र १ महिना आराम गर्न स्वास्थ्यकर्मीले सल्लाह दिएका छन्  । स्वास्थ्यकर्मीको सल्लाह पछि समाजसेवी तथा परोपकारी मन भएका उमेश कुवँरले आफ्ना साथीहरु हिमाल कुवँर र बयालपाटा अस्पतालका सिनियर हेल्थ असिष्टेण्ट छत्र साँउद लगायतसँग समन्वय गरेर उनलाई गाडी खर्च र बाटो खर्च ५ हजार दिएर बाजुरा पठाउने निर्णय गरे । 

 

तर बर्खाको समय बाटो बिर्गेका कारण गणेश बाजुराको बल्दे सम्म मात्र जान सक्ने भए । बल्देबाट अघि जान उमेशले वडाअध्यक्ष तपेन्द्र रावललाई फोन गरेर उनको बारेमा जानकारी गराए र बल्देबाट घरसम्म पुरयाउन अनुरोध गरे । वडाध्यक्ष रावलले पनि कुवँरलाई सबै समन्वय र व्यवस्थापनका लागि धन्यवाद दिदैँ बल्देबाट आफुले घरसम्म पुरयाउने बचन दिए । 


गणेश एक बेराजगारीको समस्या भोगिरहेका प्रतिनिधि पात्र मात्रै हुन् । यस्ता थुप्रै समस्यामा परेका उदाहरणहरु अचेल जहाँत्यही भेटिन्छन् । गणेश जस्तै कयौँ बेरोजगार युवाहरु अहिले भौतारिरहेका छन् । काम नपाएर एक छाक टार्न पनि गरिब तथा दिनदुखी लाई धौधौ परिहरेको छ । 


राजधानी काठमाडौँमा रहेको सिंहदरबार अहिले हरेक जिल्लाका गाँउ गाँउमा छ तर ती गाँउका स्थानीय सरकार यस्तौ कयौँ गरिब तथा दिनदुखीको बारेमा बेखबर जस्तै छन् । ती सरकार उनीहरुलाई आफ्नै ठाँउमा रोजगारी दिनुको साटो काम समेत दिन सक्दैन् । जसका कारण हरेक नेपाली नागरिकले गणेशले जस्तै दुःख खेप्नुपर्ने वाध्यता छ ।