close

बालविवाहमुक्त नगर बनाउने रणनीति बुन्दै कपिलवस्तु 

बालविवाहमुक्त नगर बनाउने रणनीति बुन्दै कपिलवस्तु 

Trulli
ADVERTISEMENT

कपिलवस्तु- बालविवाह अन्त्य गर्न कपिलवस्तुको कपिलवस्तु नगरपालिकाले रणनीतिक योजना बनाउन सुरु गरेको छ । योजना बनाउन पालिकाले नगरभित्रका सरोकारवालासँग राय सुझाव संकलन गरेको हो ।


बालबालिकालाई आफैं र अभिभावकको दबाबबाट हुने विवाहबाट जोगाउन समुदायका समस्या र समाधानका उपाय खोज्न छलफल गरिएको कपिलवस्तु नगरपालिकाका नगरप्रमुख किरण सिंहले बताए । 


पालिकाका टोल–टोलमा पुगी संघ–संस्था, स्थानीय सरकार तथा नागरिक समुदायमार्फत गाउँघरमा गएर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको सिंहले जानकारी दिए ।


बालविवावकै कारण प्रजनन् र स्वास्थ्यमा समस्या हुने भएकाले विवाहपछि सानो उमेरमा आमा बन्नुपर्ने, जन्मिएको शिशु कुपोषित हुने समस्या देखिएकाले बालबिवाह रोक्नुपर्ने नगरपालिकाको वडा नम्बर १ का वडाध्यक्ष सुदीप पौडेलले बताए । 


तत्कालै बालविवाह न्यूनीकरण गर्न गाह्रो रहेको र यसलाई क्रमिक रूपमा अन्त्य गर्न सकिने गरी योजना बनाउने तयारी नगरपालिकाको छ । सरकारले तयार पारेको बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीतिका आधारमा रहेर जिल्लामा कसरी बालविवाह अन्त्य गर्न सकिन्छ त्यहीअनुसार कार्ययोजना बनाइएको छ । कार्ययोजना बनाउन संघ–संस्थाका प्रतिनिधि, बाल सञ्जाल, शिक्षक, धर्मगुरुसँग सुझाव संकलन गरिएको छ ।