close

इलाममा निषेधाज्ञाको ९७ दिन: कोरोनाकै कारण ९५ जनाले गुमाए ज्यान

नियन्त्रण प्रभावकारी नहुँदा संक्रमण बढ्दै 

इलाममा निषेधाज्ञाको ९७ दिन: कोरोनाकै कारण ९५ जनाले गुमाए ज्यान

नियन्त्रण प्रभावकारी नहुँदा संक्रमण बढ्दै 

Trulli
ADVERTISEMENT

इलाम- इलाममा कोरोना महामारीको चेन ब्रेक गर्न गरिएको निषेधाज्ञाको ९७ दिन पुग्दा संक्रमणबाट निधन हुनेको संख्या सरकारी तथ्यांकमा ९५ पुगेको छ । कोरोना महामारी नियन्त्रणबाहिर पुगेपछि त्यसलाई नियन्त्रण गर्न गत २८ वैशाखदेखि इलाममा निषेधाज्ञा घोषणा भएको थियो ।


६ वैशाखमा तेस्रो लहरको पहिलो संक्रमित भेटिएको इलाम नगरपालिकामा संक्रमण तीव्र रूपमा फैलँदै गएपछि २२ वैशाखदेखि निषेधाज्ञा घोषणा गरिएको थियो । निषेधाज्ञाको ९७औँ दिन आइतबार कोरोना संक्रमणबाट ४ जनाको निधन भएको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ ।


इलाम नगरपालिकामा सबैभन्दा धेरै २९ जनाको निधन भएको छ । त्यस्तै, सूर्योदय नगरपालिकामा २७, चुलाचुली गाउँपालिकामा १२ जनाको कोरोना संक्रमणबाट निधन भएको तथ्यांक छ । माई नगरपालिका र माङ्सेबुङ गाउँपालिकामा ६÷६ जना, रोङ र माईजोगमाई गाउँपालिकामा ५÷५ जनाको ज्यान गएको छ ।


यस्तै, देउमाई नगरपालिकामा ४ र सन्दकपुर गाउँपालिकामा १ जनाको ज्यान गएको तथ्यांक छ ।  ७३ जना सक्रिय संक्रमित छन् । योसँगै अहिलेसम्मका ४ हजार ३ सय ५० जनामा संक्रमण देखिएको छ ।


संक्रमितमध्ये ३ हजार ४ सय २९ जना संक्रमणमुक्त भएको तथ्यांक छ । ८ सय ९ जना होम आइसोलेनसमा छन् । आइसियुमा ९ जना ८ जनाको सामान्य उपचार भइरहेको जनाइएको छ । 


जिल्लामा अहिलेसम्म १५ हजार ८ सय ८८ जनाले कोरोना परीक्षण गरेका छन् । उनीहरूमध्ये १४ हजार ९ सय ९६ को एन्टिजेन र ८ सय ९२ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको हो । 

 

नियन्त्रण प्रभावकारी नहुँदा संक्रमण बढ्दै 

महामारी नियन्त्रण प्रभावकारी हुन नसक्दा संक्रमितसँगै ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । नागरिक आफैं जिम्मेवार नहुँदा संक्रमण बढ्दै गएको हो । सरकारी सुरक्षा संयन्त्रबाहेक महामारी नियन्त्रणमा अन्य निकाय खासै लागेको देखिँदैन । 


सर्वसाधारण नागरिक अझै नियन्त्रण र सुरक्षाको विषयमा गम्भीर नभएको प्रतिक्रिया सामाजिक सञ्जालमा लेख्न थालेका छन् । लामो समयको निषेधाज्ञाले उद्योगी व्यवसायी मात्र होइन, सर्वसाधारणको जीविकोपार्जन समेत समस्यामा परेको छ ।


समस्यलाई सरकारले उचित सम्बोधन नगर्दा महामारीसँगै आफ्ना व्यावसायिक गतिविधि गर्न बाध्य छन् । निजी तथा सार्वजनिक सवारीका साधन स्वास्थ्य सुरक्षाबिनै सञ्चालनमा छन् । खुला रूपमा नदेखिए पनि बजारका भित्री भागमा भीडभाड उस्तै भएको स्थानीयले बताएका छन् ।