close

घरघरमा खानेपानीका धारा, अन्त्य भयाे धमिलो पानी पिउनुपर्ने बाध्यता

घरघरमा खानेपानीका धारा, अन्त्य भयाे धमिलो पानी पिउनुपर्ने बाध्यता

Trulli
ADVERTISEMENT

मुगु- खोलाको धमिलो पानी बोकेर पिउँदै आएकी छायानाथ रारा नगरपालिका वडा नम्बर ८ की अमृता रावल घर–आँगनकै धारामा खानेपानी झरेपछि दंग छन् । खोलाको धमिलो पानी खाँदाखाँदै पानी दिक्क भएकी रावल अहिले घरको आँगनीमै खानेपानी प्रयोग गर्न पाउँदा सबै दुःख बिर्सिएको बताउँछिन् । 


‘हिजोआज खोलाको पानी बोक्नु नपर्दा जिन्दगीकै ठूलो भारी बिसाएजस्तै भएको छ,’ उनले खुसी बाँडिन् । रावल मात्र होइन, पूरै वडाबासीकै घरका आँगनमै पानी आउन थालेपछि खोलाको धमिलो पानी पिउनुपर्ने बाध्यता अन्त्य भएको छ । 


युनिसेफ नेपालको आर्थिक सहयोग तथा छाया नेपालको प्राविधिक सहयोगमा घरघरमै धारा निर्माण भएपछि पुस्तौँदेखि खोलाको पानी पिउँदै आएका वडा नम्बर ८ झ्यारी गाउँबासीको सास्ती हटेको हो । परियोजनाअन्तर्गत झ्यारीका १२८ घर धुरीमै धारा निर्माण गरी अहिले पानी वितरण गरिएको छ ।


खानेपानी निर्माणका लागि युनिसेफले १६ लाख ६६ हजार १ सय ८ रुपैयाँ ५६ पैसा र गाउँलेले ३ लाख ९८ हजार ५८९ रुपैयाँ ८५ पैसा बराबरको श्रमदान गरी कुल २० लाख ६४ हजार ६९५ रुपैयाँ ४१ पैसा लगानी लागेको छ ।