close

सैनामैनाले बाँड्यो सित्तैमा विद्युत् मिटर 

सैनामैनाले बाँड्यो सित्तैमा विद्युत् मिटर 

Trulli
ADVERTISEMENT

रूपन्देही/सैनामैना– रूपन्देहीको सैनामैना नगरपालिकाले नगरबासीलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको छ । सैनामैना नगरपालिका र विद्युत प्राधिकरणको सहकार्यमा विद्युत् मिटर वितरण गरिएको हो । 


सैनामैनाका गरिब तथा अतिविपन्न परिवारका १ सय घरधुरीलाई विद्युत् मिटर वितरण गरिएको नगरपालिकाले जनाएको छ । ‘कोही पनि अँध्यारोमा बस्न नपरोस् भन्ने उद्देश्यले गरिब तथा अतिविपन्न परिवार पहिचान गरी नगरपालिका र विद्युत् प्राधिकरणको सहकार्यमा विद्युत मिटर वितरण गरेका हौँ’, नगरप्रमुख चित्रबहादुर कार्कीले भने । नगरबासीले आफूलाई परेका अप्ठेरा वडामा राख्न र त्यहाँ सुनुवाइ नभए सीधै मेयरकहाँ आउन आग्रह गर्दै उनले बताए ।


यस क्षेत्रको लो–भोल्टेज तथा विद्युत्मा भएका समस्या समाधानका लागि विद्युत् प्राधिकरण र नगरपालिकाको सहकार्यमा साल्झन्डीमा सब– स्टेसन निर्माण गर्न लागिएको प्राधिकरणको लुम्बिनी प्रदेश प्रादेशिक कार्यालयका निर्देशक नवराज ओझाले जानकारी दिए । उनले भने, ‘नयाँ सब–स्टेसन निर्माणका लागि सैनामैनाले जाग्गा व्यवस्थापन गरेको छ । टेन्डर पनि भइसकेको छ । सब–स्टेसन निर्माणपछि नगरबासीका घरमा लो–भोल्टेज समस्या हट्नेछ ।’

 

सरकारको नीतिअनुसार २० युनिटसम्म बिजुली खपत गर्ने गरिब परिवारलाई निःशुल्क विद्युुत् उपलब्ध गराइएको प्राधिकरणको बुटवल शाखा प्रमुख सुरेशकुमार महतोले बताए । 


निःशुल्क मिटर पाएपछि राहत महसुस भएको लाभान्वितको भनाइ थियो । कार्यक्रममा नगरपालिका उपप्रमुख बिना राना, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, वडा नम्बर ९ का वडाध्यक्ष डोलनाथ भण्डारीलगायतले बोलेका थिए ।