close

हुम्लाका स्थानीय तहपिच्छे राखिए गुनासा तथा सुझाव संकलन पेटिका

हुम्लाका स्थानीय तहपिच्छे राखिए गुनासा तथा सुझाव संकलन पेटिका

Trulli
ADVERTISEMENT

हुम्ला– जिल्ला प्रहरी कार्यालय हुम्लाले आफ्ना मातहतका प्रहरी चौकीमा सम्बन्धित गाउँपालिकासँगको समन्वयमा उजुरी तथा गुनासो पेटिका राख्न थालेको छ।

 

७ वटा पालिका रहेको जिल्लामा १७ वटा प्रहरी चौकी कार्यालय छन् । गाउँपालिका केन्द्र तथा वडा कार्यालयमा सम्बन्धित पालिकामा गुनासो तथा सुझाव संकलन पेटिका राखिएको हो ।

 

नागरिकबाट प्रहरी कर्मचारीसँग सम्बन्धित गुनासा तथा सुझाव संकलन गरी प्रहरी सेवालाई थप प्रभावकारी बनाउन जिल्लाका ७ वटै स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटिका राख्ने काम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक हेरम्बा शर्माले जानकारी दिए । 

 

जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाको याल्वाङ्मा प्रहरी चौकीबाहेक अन्य पालिकामा वडा तथा गाउँपालिका केन्द्रका साथै नागरिक र प्रहरीको पहुँच पुग्ने स्थानमा गुनासो तथा सुझाव पेटिका राखिएको प्रहरी प्रमुख शर्माले बताए ।

 

जिल्ला प्रहरी कार्यालय हुम्लाका साथै प्रहरी कर्मचारीबाट सम्पादन भएका काम–कारबाहीका सम्बन्धमा नागरिकबाट प्राप्त हुने सल्लाह, सुझावका साथै गुनासालाई उचित सम्बोधन गरी प्रहरी सेवालाई थप प्रभावकारी बनायने उद्देश्यले गुनासो तथा सुझाव पेटिका जिल्लाका विभिन्न स्थानमा राख्ने काम सम्पन्न भएको हो ।

 

स्थानीय निकायमा सुझाव तथा गुनासा पेटिका स्थापना गरी नागरिकबाट प्रहरीसँग सम्बन्धित सूचना संकलन गरिनेछ । सुशासन पाउने नागरिकको अधिकारलाई व्यवहारमै उतार्न गुनासा तथा सुझाव संकलन पेटिका राखिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

 

सदरमुकाम सीमकोटमा रहेको सीमकोट पालिकामा राखिएको उक्त पेटिका साताको एक दिन सम्बन्धित पालिकाका जनप्रतिनिधिको रोवहरमा र सदरमुकाम बाहिरका पालिका केन्द्र तथा वडामा राखिएका पेटिका प्रत्येक महिनाको १५ गते सम्बन्धित पालिका प्रतिनिधि तथा प्रहरीको संयुक्त रोहबरमा खोलिनेछ ।

 

पत्रमार्फत प्राप्त गुनासा, सुझावको उचित सम्बोधन र सुनुवाइ गर्ने उत्तरदायित्व जिल्ला प्रहरी कार्यालय हुम्लाको हुनेछ ।