close

महोत्तरीबाट पूर्वमन्त्रीले थाले हरित अभियान

महोत्तरीबाट पूर्वमन्त्रीले थाले हरित अभियान

Trulli
ADVERTISEMENT

महोत्तरी– पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले जलवायु परिवर्तनको भयावह अवस्था हटाउन हरित अभियान आवश्यक भएको बताएका छन् । जलवायु परिवर्तन तथा वातावरणीय अवस्थालाई सन्तुलित बनाइराख्न वृक्षारोपण महत्त्वपूर्ण भएको बताउँदै महोत्तरीबाट हरित अभियान थालिएको उनले जानकारी दिए ।


बर्दिबास नगरपालिकाको मेयर कृषि कार्यक्रमअन्तर्गत मोडल एग्रो भिलेजमा भएको वृक्षारोपणमा सहभागी हुन आएका पूर्वमन्त्री पोखरेलले अब विद्यालय, घर, कार्यालय, सार्वजनिक स्थललगायतमा हरित क्षेत्र बनाउनुपर्ने धारणा राखे ।

 

जलवायु परिवर्तनका कारण चुरे क्षेत्रमा विभिन्न संकट सिर्जना भइरहेकोतर्फ ध्यानाकर्षण गराउँदै पोखरेले भने, ‘अब हरेक क्षेत्रले वातावरणका एजेन्डालाई मुख्य मुद्दा बनाउनुपर्छ ।’

 

हरित अभियानको विषयलाई संघीय संसद्मा समेत प्रवेश गराएको पोखरेलले सुनाए । महोत्तरीका जनप्रतिनिधिसमेत रहेका पोखरेलले जिल्लाका हरेक पालिकालाइ हरित अभियानमा सहभागी गराएसँगै झन्डै ६० हजार हाराहारी वृक्षारोपण भइसकेको छ । बर्दिबासमा मात्र ३ लाख बिरुवा रोपेर हुर्काउने नगरपालिकाको योजना छ ।

 

वन अतिक्रमणका कारण भूक्षय, बाढीपहिरो तथा खानेपानीमा समेत समस्या भइरहेका बेला पोखरेलले चलाएको हरित अभियानमा स्थानीयको समेत उत्साहजनक उपस्थित छ । 

 

वन अतिक्रमण, नदी दोहनजस्ता मानवीय क्रियाकलापले खानेपानी अभाव हुँदै गएका बेला खाली जग्गामा आँप, लिची, बदाम तथा नगदे फलफूल खेतीमा किसानलाई उत्प्रेरित गरिएको छ । मोडल एग्रो भिलेजको ८५ बिघा क्षेत्रफलमा अहिले झन्डै १० हजार बढी विभिन्न प्रकारका फलफूल बिरुवा रोपिएको छ ।

 

रातु नदी र तटीय क्षेत्रमा बसोबास गर्ने वासिन्दालाई लक्षित गरी अहिलेसम्म ३० हजार बिरुवा रोपिसकिएको बर्दिबासका नगरप्रमुख विदुर कार्कीले जानकारी दिए । त्यसैगरी भंगाह नगरपालिका, गौशाला नगरपालिकामा पनि हजाराँैको संख्यामा वृक्षारोपण गरिसकिएको त्यहाँका जनप्रतिनिधिले बताए ।


कार्यक्रममा सहभागी हुन आएका पालिका खबरका अध्यक्ष शिव अधिकारी, अन्नपूर्ण दैनिकका सम्पादक अखण्ड भण्डारी, जनप्रतिनिधि तथा वातावरण अभियन्ताले हरित अभियानमा बर्दिबास नगरपालिकाको प्रयासलाई प्रशंसा गरे ।