close

कोरोनाबाट मृत्यु भएका परिवारलाई कावासोतीको ५० हजार 

कोरोनाबाट मृत्यु भएका परिवारलाई कावासोतीको ५० हजार 

Trulli
ADVERTISEMENT

नवलपुर– पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका परिवारलाई ५० हजार रुपैयाँ दिने भएको छ । कावासोती नगर उपप्रमुख प्रेमशंकर मर्दनियाले नगरभित्र कोराना संक्रमणले ज्यान गुमाएका व्यक्तिका परिवारलाई सहयोगस्वरूप प्रतिपरिवार ५० हजार रुपैयाँ दिने निर्णय भएको जानकारी दिए ।

 
यो रकम दसैंलगत्तै वितरण गरिने उनले बताए । कावासोतीभित्र गत १९ महिने अवधिमा ५५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।