close

सवारी दुर्घटनामा दुधौली ७ नम्बर वडाध्यक्ष बस्नेतको निधन

सवारी दुर्घटनामा दुधौली ७ नम्बर वडाध्यक्ष बस्नेतको निधन

Trulli
ADVERTISEMENT

सिन्धुली– सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष कुमार बस्नेतको ४० वर्षको उमेरमा मृत्यु भएको छ । बस्नेको बिहीबार सवारी दुर्घटनामा परेर मृत्यु भएको हो । उनी सवार प्रदेश २–०१–००१ प ०२९१ नम्बरको मोटरसाइकललाई ना३ख ३१४९ नम्बरको स्कुल बसले ठक्कर दिएको थियो ।

 

सप्तरी सुरुंगा नगरपालिका वडा नम्बर ५ कुशहास्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको अवस्थामा सोही दिशातर्फ जाँदै गरेको बसले ठक्कर दिँदा उनको टाउकोमा गम्भीर चोट लागेपछि उपचारका लागि सप्तऋषि अस्पताल लहान सिरहामा लगिएकामा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको
छ । 

 

बस चालक फरार रहेको प्रहरीले बताएको छ । बस्नेत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा नम्बर ७ को वडाध्यक्षमा निर्वाचित भएका थिए । यसैबीच १० मंसिरका लागि तय भएको कांग्रेस सिन्धुलीको जिल्ला अधिवेशन स्थगित भएको छ ।

 

जिल्ला निर्वाचन समितिले बिहीबार अर्को सूचना प्रकाशित नभएसम्म जिल्ला अधिवेशन स्थगित गरेको हो । बस्नेत कांग्रेस सिन्धुलीका पूर्वजिल्ला सदस्य, तरुण दलका पूर्वजिल्ला सचिव, दुधौली नगरपालिकाका निवर्तमान नगरसभापति थिए ।