close

गृहजिल्ला आएका सुदूरपश्चिम प्रदेश प्रमुखलाई स्थानीयको स्वागत

गृहजिल्ला आएका सुदूरपश्चिम प्रदेश प्रमुखलाई स्थानीयको स्वागत

Trulli
ADVERTISEMENT

बाजुरा–सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी गृहजिल्ला बाजुरा आएका छन् । प्रदेश प्रमुख भएपछि पहिलो पटक जोशी गृहजिल्ला बाजुरा भ्रमणमा आएका हुन् । 

 

साता लामो भ्रमण तालिका बनाएर बिहान मात्रै बाजुरा पुगेका जोशीलाई बूढीगंगा नगरपालिकाका विभिन्न स्थानमा स्वागत गरिएको छ । बाजुराले प्राप्त गरेको हालसम्मकै सरकारी ओहोदाको उपल्लो राजकीय पद भएकाले जिल्लाबासी खुसी छन् ।

 

जिल्लाबासीसँगको भेटघाट तथा अन्तरक्रियासहितको भ्रमण लिएर प्रमुख जोशी बाजुरा आएका हुन् । जोशीलाई बिहान इकडीगाटदेखि नै स्वागत गर्ने र बधाइ दिनेको लाम लागेको थियो ।

 

कांग्रेसबाट ०४८ को आमनिर्वाचन र ०६४ को संविधानसभा निर्वाचन जितेका जोशी निष्ठा र इमानको राजनीति गर्नेमध्येमा पर्छन् । कांग्रेस गठनबन्धन नेतृत्वको सरकारले जोशीलाई प्रदेश प्रमुख बनाएको थियो । प्रदेश प्रमुख भएलगत्तै गृहजिल्ला आउने रहर भएर पनि समय व्यवस्थापन गर्न नसक्दा ढिलाइ भएको स्थानीयसँगको साक्षात्कार कार्यक्रममा जोशीले बताए ।

 

जोशीको स्वागतमा विद्यालय, संघ–संस्था, जिल्लाबासीको लस्कर लागेको छ । जोशीको स्वागतका लागि कांग्रेस बाजुराका नेता, कार्यकर्ताको बाक्लो उपस्थिति छ । उनलाई बाजागाजासहित स्वागत गरिएको छ ।

 

प्रदेश प्रमुखको कार्यक्रममा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख पनि सहभागी छन् । प्रदेश प्रमुखको भूमिका निर्वाह गर्ने क्रममा सबैलाई समान नजरले व्यवहार गर्ने र जिल्लाको विकासमा सक्दो पहल गर्ने कार्यक्रममा जोशीले बताए । 

 

गृहनगर बूढीगंगामा बस्ने, मार्तडीसहितका क्षेत्रमा भेटघाट तथा साक्षात्कार गर्ने र कोल्टीसम्म पुग्ने भ्रमण तालिका बनाइएको उनको निजी सचिवालयले बताएको छ ।