close

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधेर मन्दिर पुर्‍याइयो

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधेर मन्दिर पुर्‍याइयो

Trulli
ADVERTISEMENT

नवलपरासी । रोपाइँको मौसममा समेत पानी नपरेपछि पश्चिम नवलपरासीको सरावलका किसानले आफ्ना जनप्रतिनिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

पानी नपरेपछि आजित किसानले गाउँका अगुवालाई बाँधेर मन्दिर लैजाँदा पानी पर्छ भन्ने अन्धविश्वासका कारण यस्तो गरिएको गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले बताए।

'पहिले पहिले समस्या पर्दा गाउँका अगुवालाई बाँधेर मन्दिरमा लगेर पूजा गर्ने चलन थियो, त्यसपछि समस्या समाधान हुन्थ्यो अहिले जनप्रतिनिधि नै गाउँका अगुवा हुन्, त्यसैले उनीहरूलाई बाँधेर मन्दिर लगिएको हो' उनले पालिका खबरसँग भने ।

स्थानीयकाअनुसार सरावल गाउँपालिकाका किसानले जनप्रतिनिधि र कर्मचारीलाई बाँधेर मन्दिर लगेका थिए । गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरी, उपाध्यक्ष बासमती चमार, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवाली, पुर्वसांसद रामलखन हरिजन वडाध्यक्ष सुरेस यादवलगायत बाँधेर मन्दिरमा पुर्‍याइएको हो भने । उनीहरले मन्दिरमा पूजा आराधना गरेका छन् । 

स्वच्छ मनले पूजाअर्चना गरे लामो समयदेखि परेको खडेरी अन्त्य गर्नका लागि भगवान खुसी भएर पानी पार्ने विश्वासमा यस्तो गरिएको स्थानीयको भनाइ ।

जब असार महिनामा लामो समय पानी पर्दैन, तब स्थानीयले अगुवालाई बाँधेर मन्दिरमा लगेर हिलो छ्याप्ने र उनीहरूले मन्दिरमा पूजा गर्ने प्रचलन छ ।