close

गुडिरहेको गाडीमा आगलागी हुँदा साढे १३ लाखको क्षति

गुडिरहेको गाडीमा आगलागी हुँदा साढे १३ लाखको क्षति

Trulli
ADVERTISEMENT

उदयपुर । चौदण्डिगढी नगरापलिकामा गुडिरहेको गाडीमा आज दिउँसो आगलागी भएको छ । उदयपुरको सदरमुकाम गाइघाटदेखि सुनसरीको इटहरीतर्फ जाँदै गरेको प्र०२-००२ च ५०२१ नम्बरको गुडिरहेको गाडीमा आगलागी जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

गाडीमा कुनै मानवीय क्षति नभएको तर, ५० कार्टुन थुक्पा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिए । उनका अनुसार करिब साढे १३ लाख बराबरको क्षति भएको छ ।