close

कपनमा अक्सिजन प्लान्ट पड्केर आगलागी, तीन जनाको मृत्यु

कपनमा अक्सिजन प्लान्ट पड्केर आगलागी, तीन जनाको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । कपनस्थित लसुनटारको एक घरमा आगलागी हुँदा तीनजनाको मृत्यु भएको छ । 

बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटारमा बुधबार साँझ पौने ७ बजेतिर भीषण आगलागी हुँदा तीनजनाको मृत्यु भएको हो । मृतकको भने पहिचान खुल्न सकेको छैन ।

अक्सिजन प्लान्ट पड्केर इलाइट हिमालयन एडभेन्चर प्रालिमा आगलागी भएको हो ।

आगलागी भएको उक्त कार्यालय कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जाको भएको पाइएको छ । पुर्जा र उनका साझेदारहरूले कार्यालय सञ्चालन गर्दै आइरहेका थिए ।

निर्मल पुर्जा ३६ वर्ष उमेरमा आठ हजार मिटर उचाइका १४ वटै हिमाल सबभन्दा छोटो अवधिमा चढेर विश्व कीर्तिमान बनाउने व्यक्ति हुन् ।

घटनामा घाइते भएकाहरुको टिचिङ अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पौने सात बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा करिब तीन घण्टामा नियन्त्रणमा आएको जानकारी दिए ।

आगलागी नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासीका साथै वारुणयन्त्र र पानी ट्याङ्करको प्रयोग गरिएको प्रवक्ता मैनालीले बताए ।