close

हेटौंडाको ‘डाटा रिकभरी सेन्टर’मा आगलागी

हेटौंडाको ‘डाटा रिकभरी सेन्टर’मा आगलागी

Trulli
ADVERTISEMENT

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ४ हुप्रा चौरमा रहेको डाटा सेन्टर (डिजास्टर रिकभरी केन्द्र) मा आगलागी भएको छ । 

आइतबार दिउँसो ३ बजेतिर सेन्टर इलेक्ट्रिक रुमबाट विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । 

'ब्याट्री पड्किएर आगलागी भएको' राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहकाय निर्देशक रमेशप्रसाद पोखरेलले जानकारी दिए ।

आगो निभाउन हेटौंडा उपमहानगरको दुई वटा दमकलसहित जिल्ला प्रहरी कार्यालय, बागमती प्रदेश प्रहरी कार्यालयको टोली परिचालन भएको मकवानपुर प्रहरीले जनाएको छ ।