close

मिथिलामा कर्मचारी विवाद : मन्त्रालय भन्छ, प्रक्रियाविपरीत

मिथिलामा कर्मचारी विवाद : मन्त्रालय भन्छ, प्रक्रियाविपरीत

Trulli
ADVERTISEMENT

धनुषा । मिथिला नगरपालिकामा करारका कर्मचारी हटाउने र हाजिर गराउने विषयमा सुरू भएको विवाद बढ्दै गएको छ।

अघिल्लो नगर प्रमुखको कार्यकालमा नियुक्त भएका १४० मध्ये ९ जना करारका कर्मचारीको म्याद गत असारबाट नथप्ने नगर प्रमुख महेन्द्र महतोले निर्णय गरेका थिए । 

नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) का कार्यपालिका सदस्यले उक्त निर्णयको विरोध गर्दै उपप्रमुख सुनिता सिंह बुढाथोकीले आफ्नो अध्यक्षतामा कार्यपालिकाको बैठक राखी हटाइएका कर्मचारीको म्याद थप गर्ने बहुमतले निर्णय गरिएपछि विवाद थप बढेको छ।

नगरपालिकाको २१ सदस्यीय कार्यपालिकामा एमालेका १०, कांग्रेसका ५ र एकीकृत समाजवादीका ६ जना छन्। बहुमतको आडमा उपमेयर पक्षले एकलौटी गर्न खोजेपछि विवाद बढेको उनको भनाइ छ।

करारका कर्मचारी हटाउने र हाजिरमा बोलाउने मेयरको एकलौटी र कार्यपालिकाले निर्णय गर्ने नभई आफ्नै प्रक्रिया रहेको संघीय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । यस विषयमा प्रमुख प्रशासकीय अधिकृतले प्रक्रियाअनुसार कर्मचारीको व्यवस्थापन गर्न भूमिका खेल्नुपर्ने मन्त्रालय प्रवक्ता रुद्र सिंह तामाङले पालिका खबरलाई बताए ।