close

स्थानीय तहका कर्मचारीहरू जनताको काम छाडेर आन्दोलनमा

स्थानीय तहका कर्मचारीहरू जनताको काम छाडेर आन्दोलनमा

Trulli
ADVERTISEMENT

काठमाडौं- संघीय निजामती विधेयकमा आफ्ना माग सम्बोधन गर्न माग गर्दै स्थानीय तहका कर्मचारीहरू पालिकाका काम रोकेर आन्दोलित हुँदा सेवा प्रभावित भएको छ । 

मंगलबार उनीहरुले संघीय मामिला तथा समान्य प्रशासनमन्त्री अनिता देवीसँग भेटेर मागपत्र पेश गर्दै शुक्रबारदेखि संघर्ष सुरू गर्ने चेतावनी दिएका थिए । सोहीअनुसार अधिकांश स्थानीय तहका कर्मचारीहरुले अत्यावश्यकबाहेकका काम रोकेर आन्दोलित बनेका हुन् । स्थानीय तह र वडा कार्यालयहरुमा कामकाज रोकिएको विभिन्न स्थानीय तहका जनप्रतिनिधिले जानकारी दिएका छन् । 

स्थानीय तहमा पनि ट्रेड युनियन अधिकार दिनुपर्ने, अन्तर तह सरुवा लागु हुनुपर्ने, समायोजन भएका कर्मचारीको उचित व्यवस्थापन हुनुपर्ने, तीन तहकै कर्मचारीलाई समान वृत्ति विकासको अवसर दिनुपर्ने, स्थानीय तहमा कर्मचारी कल्याण कोष अनिवार्य गर्नुपर्ने लगायतका माग स्थानीय तहका कर्मचारीको छ ।