close

तिहारमा असावधानीका कारण २२ स्थानमा आगलागी

तिहारमा असावधानीका कारण २२ स्थानमा आगलागी

Trulli
ADVERTISEMENT

काठमाडौं-  लक्ष्मी पूजाको लागि बालिएको दियोबाट आगोलागी हुँदा देशका विभिन्न २२ स्थानमा आगलागीका घटना भएका छन् ।

लक्ष्मी पूजामा दियो र बत्ती बाल्दा सावधानी नपअनाएका कारण भोजपुरको एक घरमा आगलागी भएको छ । भोजपुरको पोखरे बरबोटस्थित ज्ञानराज विष्टको घरमा आगलागी हुँदा २६ लाखभन्दा बढीको क्षति भएको छ ।  

सुनसरी सदरमुकाम इनरुवा–१ स्थित मुख्य बजारमा आगलागी भएको छ ।  सुनसरी सदरमुकाम इनरुवा–१ स्थित मुख्य बजारमा आगलागी हुँदा ५० लाख बराबारको क्षति भएको छ । यता हलेसी तुवाचुङ नगरपालिका–८ खोटाङका भीमबहादुर कटवालको घरमा  आगलागी हुँदा २५ लाख भन्दा बढीको क्षति भएको छ ।  

त्यस्तै संखुवासभाको खाँदवारीमा पनि दीयोबाट सल्किएको आगोले लिला राईको घर पूर्णरुमा क्षति भएको छ । भक्तपुरमा दीयोको बत्ति सल्किँदा भएको आगलागीमा एक महिलाको मृत्यु भएको छ भने ललितपुरको खुमलटारमा आगलागी भएको छ ।