close

वडाध्यक्षको घरमा आगो लगाउने युवक पक्राउ

वडाध्यक्षको घरमा आगो लगाउने युवक पक्राउ

Trulli
ADVERTISEMENT

धनकुटा-  पाख्रीबास नगरपालिका-६ का वडाध्यक्ष देवेन्द्र गुरागाईंको घरमा आगजनी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । 
सोमबार राति १२:४८ बजेतिर वडाध्यक्षको परिवारले घरमा आगो लागेको थाहा पाएपछि गाउँलेको सहयोगमा आगो नियन्त्रणमाल लिइएको थियो । 

पक्राउ परेका २० वर्षी सुशील अधिकारीले आगजनी गरेको स्वीकार गरेका प्रहरीले जनाएको छ । आफूले भनेको काम वडाध्यक्षले नगरेको रिस पोख्न आगो लगाएदिएको भन्ने बयान अभियुक्तले दिएको प्रहरीले जनाएको छ । 
 
अधिकारीलाई आज म्याद थपेर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ । आगजानी गरिएको घरमा गुरागाइँ दम्पतीमात्रै बस्थे।