close

सिद्धलेकमा कर्मचारी आवश्यकता

सिद्धलेकमा कर्मचारी आवश्यकता

Trulli
ADVERTISEMENT

धादिङ । सिद्धलेक गाउँपालिकामा करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै करार सेवामा कर्मचारी माग गरेको हो । 

गाउँपालिकाको अनुसार हेल्थ असिस्टेन्ट पदमा १ जना र  ल्याव असिस्टेन्ट पदमा १ जना गरी २ जना कर्मचारी माग गरेको हो । गाउँपालिकाले रिक्त पदमा स्थायी सेवामा भर्ना वा सरुवा भई आएमा स्वत हटने गरी कर्मचारी माग गरेको जनाइएको छ । 
 
योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र लोक सेवा आयोगको ढाँचामा फाराम भर्न आवेदन दिन अनुरोध गरेको गाउँपालिकाले जनाएको छ । आवेदकहरुलाई लिखित तथा प्रयोगात्मक प्रतिस्प्रर्धा गराएर सेवामा राखिने जनाइएको छ ।