close

देशभरको मौसम बदली रहने, यी स्थानमा चट्याङ्गसहित वर्षा

देशभरको मौसम बदली रहने, यी स्थानमा चट्याङ्गसहित वर्षा

Trulli
ADVERTISEMENT

काठमाडौं- आज देशभर आंशिकदेखि साधारणतया बदली रहने भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा साथै बांकी पहाडी भू–भागका एक–दुई स्थानमा  मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा र बांकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाले आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने भन्दै गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा साथै बांकी पहाडी भू–भागका एक–दुई स्थानमा  मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।