close

तरकारी बाली पकेट विकास कार्यक्रममा सम्झौता गर्न वैतेश्वरको अनुरोध

तरकारी बाली पकेट विकास कार्यक्रममा सम्झौता गर्न वैतेश्वरको अनुरोध

Trulli
ADVERTISEMENT

दोलखा । वैतेश्वर गाउँपालिकाले तरकारी बाली पकेट विकास कार्यक्रमको निरन्तरताका लागि सम्झौता गर्न अनुरोध गरेको छ । गाउँपालिकाले बिहिबार एक सूचना जारी गर्दै कार्यक्रममा सम्झौता गर्न अनुरोध गरेको हो । 

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षमा स्वीकृत कार्यक्रम अनुरुप प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना साना व्यवसायी कृषि उत्पादन केन्द्र तरकारी पकेट कार्यक्रममा निरन्तरता दिन सम्झौता गर्न अनुरोध गरेको हो । 
 
इच्छुक सहकारी संस्था, कृषि समूह र कृषि सहकारी संस्थाले सूचना प्रकासित भएको ७ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।