close

वीरेन्द्रनगरमा कर्मचारीमा माग

वीरेन्द्रनगरमा कर्मचारीमा माग

Trulli
ADVERTISEMENT

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै जनस्वास्थ्य शाखाको लागि कर्मचारी माग गरेको हो । 

सूचना अनुसार आठौँ तहको मेडिकल अधिकृत पदमा एक जनाको लागि कर्मचारी माग गरेको हो । योग्यता पुगेका इच्छुक व्यक्तिले माघ १२ गतेसम्म आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । 

आवश्यक कागजातसहित एक हजार रुपैयाँ दस्तुर तिरेर आवेदन दिनु पर्ने पालिकाले जनाएको छ । पालिकामा आएको आवेदकहरुको प्रतिस्प्रर्धा गराई भर्ना गराउने जनाइएको छ ।

आवश्यक योग्यताहरु

१, एमविविएस उत्तीर्ण 
२, नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको, र 
३, कम्प्युटरसम्बन्धि आधारभूत ज्ञान भएको ।