close

कावासोतीमा करार सेवामा कर्मचारी माग

कावासोतीमा करार सेवामा कर्मचारी माग

Trulli
ADVERTISEMENT

नवलपरासी- कावासोती नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै करार सेवामा कर्मचारी माग गरेको हो । 

सूचना अनुसार नगरपालिकाले पाचौै तहमा सव इन्जिनियर र चौथों तहमा असिष्टेन्ट सव इन्जिनियर माग गरेको हो । नगरपालिकाले पाचौं तहमा ६ जना र चौथोै तहमा ३ जना गरी ९ जना कर्मचारी माग गरेको हो । 

इच्छुक व्यक्तिले सूचना प्रकासित भएको ७ दिनभित्र अर्थात् साउन १५ गतेभित्र आवेदन दिन सक्नेछन् । आवश्यक कागजातसहित नगरपालिकामा आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ । छनौट भएका व्यक्तिले आगामी असार मसान्तसम्म कार्यवधि रहने जनाइएको छ ।